२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

सुदूरपश्चिम प्रदेश सहित देशभर भारी बर्षाको सम्भावना , सर्तक रहन आग्रह

काठमाण्डौ – देभभर मनसुनी वायुको प्रभावका कारण बर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिन अनुसार मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित रहेकाले सुदूरपश्चिम प्रदेश सहित देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मध्यम तथा केही स्थानहरुमा भारी वर्षा भइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ। भोली देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र सुदुर पश्चिम प्रदेश, प्रदेश १ का एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको कैलाली , कञ्चनपुर, डोटी सहितका जिल्लामा मध्यममा पनि भारी वर्षाको सम्भावना रहेकाले तटिय क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई बिषेश सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।