धनगढी, ३ साउन । प्रतिनिधि सभाका सदस्य तथा सार्वजनिक लेखा समिति अन्तर्गतको बैज्ञानिक वन छानबिन समितिका सदस्य प्रेम आलेले बैज्ञानिक बनका नाममा बन समाप्त गर्न सुदूर पश्चिम प्रदेश सरकारका मन्त्री, वन निर्देशक, जिल्ला बन अधिकृत लागी गरेको आरोप लगाएका छन् ।
छानबिन समितिका सदस्य आलेले काठ तस्करहरुसंगको मिलेमतोमा सुदूर पश्चिम प्रदेश सरकारका मन्त्री, वन निर्देशक, जिल्ला बन अधिकृत कैलाली र कञ्चनपुरको बन समाप्त गर्न सक्रिय रहेको आरोप लगाए ।
लक डाउनकैबीच कैलालीमा बैज्ञानिक बनका नाममा सालका रुखहरु काटिएको आलेले आरोप लगाए । उनले बैज्ञानिक बनका नाममा संलग्न भएकाहरुको बारेमा बिस्तृत प्रतिबेदन तयार भईरहेको र केही दिनमै प्रतिबेदन सार्वजनिक लेखा समितिमा बुझाउने बताए ।
बैज्ञानिक बनका नाममा बन मास्न सक्रिय मन्त्रीदेखि काठ तस्करसम्म कोही पनि जोगिने छैनन, आलेले भने, जस जसको संलग्नता छ । सबैको नाम प्रतिबेदनमा समेटिनेछ । उनले बैज्ञानिक बन छानबिन समितिलाई बनमा अनुगमन गर्नबाट रोक्न चिसापानीमा आक्रमणको प्रयास भएको बताए ।