२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कञ्चनपुरको कृष्णपुरमा करेन्ट लागेर कैलालीका एक युवकको मृत्यु

धनगढी : कञ्चनपुरमा करेन्ट लागेर कैलालीका एक युवकको मृत्यु भएको छ । कैलाली गोदावरी नगरपालिका ५ कटानका २३ बर्षिय सन्तोष बिक को करेन्ट लागेर मृत्यु भएको हो ।

कञ्चनपुर कृष्णपुर नगरपालिका ४ राजघाटको जङ्गलमा उनलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।

२१ गते बिहान करिब १ बजे तिर करेन्ट लागेको हुन सक्ने प्रहरीले जनाएको छ । करेन्ट लागेर गोदावरीका श्याम बिक समेत घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

६ जनाको टोली जङ्गलमा गएको बेला करेन्ट लागेको र अन्य ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।