२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कोरोनाको प्रभाव र नेपालीको जिम्मेवारी

वितेको २४ घंटामा छिमेकी भारतमा ९१,७२३ जना थप कोरोना संक्रमित भएका छन् भने कोरोना लागेर थप १००८ जनाको मृत्यु भएको छ।
अन्तत: छिमेकीको भन्दा खराब अवस्था आएपछि आपसी संतुलन मिलेर मात्र नेपालमा पनि कोरोनाले आराम गर्ने अनुमान गर्न सकिन्छ।
जुन गैरजिम्मेवारीपन र अक्षमता यहॉ सरकारको देखिन्छ र जनतामा जुन अराजकता छ, त्यो भारतको भन्दा पनि धेरै खराब देखिदैछ।
भारतमा सिद्ध, आयुर्वेद, अन्य जडिबुटी र योग, मन्त्रको पर्याप्त उपयोग गर्ने र सरकारले पनि सबै वैकल्पिक औषधीहरू जहॉतही सहज उपलब्ध गराउने गरिरहेको र सुरूदेखि नै नियन्त्रण र उपचारका लागि सशक्त उपायहरू गरिरहेको अवस्थामा मृत्युदर र रिकभरी निकै घटे पनि अझै संक्रमितहरूको वृद्धि संख्याका हिसाबले विश्वकै नं १ हुन पुगेको छ।
न कुनै पूर्वतयारी र न उत्तरतयारी, न रोकथाम, न पर्याप्त प्रभावकारी उपचारको ब्यवस्थामा- राज्यबाट कही कतै आशलाग्दो ब्यवस्था नगरिएको, सुधार नभएको अवस्थाबीच अब नेपालमा के के हुने हो पशुपतिनाथको हातमा छ।
जनताले पाईरहेको तमाम सास्ती, कष्ट, दुख र अभावको ताप र रापको असर बुमेराङ हुनेवाला छ र त्यसबाट यहॉ निरन्तर बृद्धि भइरहेको उष्णताका कारण संभावित विस्फोटमा मलजल गरिरहेको अवस्था बिकसित हुदै गएको प्रष्ट देखिदै छ।
आफूलाई आजसम्म कोरोनाले नछोएको, आफ्नालाई नपिरोलेको, आफ्ना परिवारमा कोही स्वास्थ्यकर्मी वा चिकित्सक नभएका केही मान्छेहरूका निम्ति कोरोना संक्रमण नाटक लागिरहेको छ। म मरेको छैन त्यसैले अरू कसरी मर्छन् र? मलाई लागेको छैन अरूलाई कसरी लाग्छ र? लाग्दैन भन्दै मूर्खता प्रदर्शन गरिरहेका छन्। तिनको घरमा नै डढेलो नलाग्दा सम्म यस्तो हुनु स्वाभाविक हो। लक्षण देखिएका २% भन्दा कम संक्रमित मात्र मर्छन्, के को डराउनु? भन्नेहरू त्यो दिन मत्र चुप लाग्ने छन् जुन दिन तिनका परिवारमा कोही संक्रमित भएर दु:ख पिडा भोग्नेछन्, कोही मर्नेछन् र ती आफै पनि ईहलोक त्याग गर्नेछन्।
तमाम ऑकडा देखाएर वा पढेर रोगले आफूलाई जोगाउदैन। अरूलाई उपदेश दिन काम लाग्ने मात्र हो। रोग लाग्यो कि कुरा खलॉस! ऑकडा जाए भॉड मे!
यो गुह्य कुरा नबुझ्नु तिनको बुद्धिको हैसियत प्रदर्शन मात्र हो।

नेपालमा कोरोनाको दबाब कस्तो हुनेछ त्यो हाम्रो ब्यवहारमा भर पर्छ। हामी जति समाजमा भौतिक घुलमेल कम गर्छौँ, जति नियमित मास्क प्रयोग गर्छौँ, जति बढी भौतिक दूरी राख्छौँ, जति आफ्ना बानीबेहोरालाई नियन्त्रण र सन्तुलनमा राख्छौँ, जति खानपिन सादा र स्वच्छ राख्छौँ, जति भीडभाड कम गर्छौँ र कम त्यहॉ जान्छौँ, जति योग, ध्यान मन्त्रको प्रयोग गर्छौँ, जति रोग प्रतिरोधक क्षमता बढाउने खाना, जडिबुटी, मसालाको मात्रा नियमित सेवन गर्छौँ, जति बढी डिजिटल प्रविधिमा प्रवेश र प्रयोग गरेर भौतिक निकटताको खॉचो नपर्ने गर्छौँ, जति बढी माटो प्रकृति वा भूमिसंग निकट स्पर्शमा रहेर शारिरीक परिश्रम बढाउछौँ, जति बढी सामाजिक जिम्मेवारी बढाउदै लैजान्छौँ, जति नागरिक कर्तब्य सम्झदै मनन गर्छौँ, त्यति चाडैँ कोरोनाले आतंक मच्चाउन कम गर्नेछ।
कोरोना सुक्ष्म जिवाणू हो, यो कहिल्यै अलप हुदैन। अहिले यसले आफ्नो बासस्थानमा दखल गरिएकोले सबैभन्दा बढी र सदा निरन्तर बृद्धि भइरहेको मानिसको शरीरमा बासस्थान बनाउन खोजिरहेको मात्र हो। मानिस कहिल्यै नमासिने सबै भन्दा सुरक्षित बासस्थान जो छ।
कोरोनाले जबसम्म मानिसको शरीरसंग मिलेर बस्ने अवस्था आउदैन यस्तो आतंक निरन्तर चलिरहने छ। मानिसको शरीरमा जति कोष छ त्यसमा ९०% भाईरस र ब्याक्टेरिया हो। ब्याक्टेरिया र भाइरसविना मानिसको शरीरको अस्तित्व नै रहदैन। भाइरसकै कारण मानिसमा आजसम्मको ईभोलुशन हुने गरेको भनाई बैज्ञानिकहरू भन्दैछन्। कतै कोरोनाले पनि मानिसमा कुनै ईभोललुशन त ल्याउदै छैन? यसको पनि चर्चा बैज्ञानिकबीच चलिरहेको छ।
त्यसैले भाइरस मान्छेको दुश्मन हैन, मान्छे नै समस्त प्रकृति, वनस्पति र प्राणीहरू र सुक्ष्म जीव भाइरसका दुश्मन बन्दै गएको बेलामा कोरोनाले ताण्डव नृत्य गरेको हो। कोरोनाको आतंक नहुने हो भने मान्छे सुध्रनै कुनै छॉट नै नदिएकोले सायद कोरोना जंगलबाट शहर पस्न परेको होला! प्रकृतिको नियम अपरम्पार छ।
कोरोनासंग आतंकित हुने हैन, आफ्नो खराब क्रियाकलापहरू त्यागिएन भने अब सखाप भईन्छ र त्यस्ता प्रकृतिबिरोधी बानीबेहोरा छाड्न पर्ने अवस्थाले गर्दा मानिसको गिदी अहिले खल्बलिएको मात्र हो।
मानिसले अब एउटा कुरा प्रष्ट बुझ्नुपर्छ- चला गया वो दिन!
कभी वापस आनेवाला नहीँ है!
सुध्रिनुस्, सुधार्नुस्, प्रकृतिसंग मिलेर बस्न फेरि सिक्नुस्।
हामी भाइरस तपाईको शत्रू हैन, मानिसले शत्रुता गरेको हो- यही सन्देश हो कोरोनाको!
नचाहिने सक्रियता, लुटखरोच, फजुल प्रकृति दोहन, औचित्यहीन आर्थिक गतिविधि सबै अब ध्वस्त हुनेछन्। हाम्रा पूर्खाहरूको बुद्धिमत्ताको पुनरावृत्तिको युग आउनेछ। यो नोस्टाल्जिक भएको हैन, रियलिटी यही हो। शान्त, स्थिर र प्रभावकारी ‘सर्वजन हिताय सर्वजन सुखाय’ कर्ममा लागियो भने कोरोना पनि चॉडै चुप हुन सक्छ।
हैन, नसुध्रिए, यो कोरोना गए पनि वा अर्को कोरोनाकी बहिनी वा तिनको जुम्ल्याहा भाइरसहरूको आनाजाना चलिरहने छ। अझ महत्वको कुरा- कोरोनाको उपस्थितिले मानिस बाहेक अहिले सबै प्राणी खुशीले गदगद हुदै नाचिरहेका छन्, बाहिर यसो अवलोकन गरेर त्यसको आनन्द लिदा पनि हुन्छ। – भिम उपाध्याय (नेपाल सरकार पुर्व सचिव)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।