२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

सन्दीपको राम्रो प्रर्दशनका बाबजुद जमैका पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ ।

सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो । जमैका ओपनर ग्लेन फिलिप्सले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनमा आउट भए । उनलाई जाहिर खानले १२ औं ओभरको चौथो बलमा बोल्ड आउट गरे ।

जमैका ओपनर ग्लेन फिलिप्स र जर्मेन ब्ल्याकवुडले पहिलो विकेटका लागि ११.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा जमैका पराजित हुन पुगेको हो । फिलिप्स आउट भएलगत्तै १३ औं ओभरको पाँचौ बलमा ब्ल्याकवुड २५ रनमा क्याच आउट हुन पुगे । उनले ३८ बलमा २ चौका प्रहार गरे । चाडविक वाल्टन १० रनमा रन आउट भए ।

जाहिर खानले कप्तान रोभमान पवेललाई २ र आन्द्रे रसेललाई शून्यमा क्याच आउट गर्दै जुक्सलाई खेलमा फर्काएका थिए । तल्लोक्रममा निकोलस किर्तोनले १५ बलमा २ छक्का र १ चौका सहित २५ रन जोड्दै रनको अन्तर घटाए । सन्दीप लामिछाने र विरसामी पेरुमलले खाता खोल्न सकेनन् । सन्दीपलाई १९ औं ओभरको अन्तिम बलमा केस्रिक विलियम्सले मोहम्मद नाबीबाट क्याच गराए ।

जुक्सका जावेल ग्लेन ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । जाहिर खानले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । केस्रिक विलियम्सले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । जुक्सका नाजिबउल्लाह जद्रानले २५ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । रोश्टन चेश ३६ बलमा १ चौका र १ छक्का सहित ३२ रन अविजित रहे ।

चौथो ओभरको अन्तिम बलमा स्पिनर मुजिब उर रहमानले मार्क डियाललाई ग्लेन फिलिप्सबाट १३ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । सातौं ओभरको दोस्रो बलमा आन्द्रे फ्लेक्चरलाई कार्लोस ब्रेथवेटले जर्मेन ब्ल्याकवुडबाट १ रनमा क्याच आउट गराए ।

आठौं ओभरको अन्तिम बलमा सन्दीपले ओपनर रहकीम कर्नवाललाई ३२ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । कर्नवालले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । १० औं ओभरको चौथो बलमा स्पिनर विरसामी पेरुमलले मोहम्मद नाबीलाई मुजिबबाट २ रनमा क्याच गराउँदै ६३–४ को अवस्थामा पुर्याए । पाँचौ विकेटका लागि जद्रान र चेशले ६१ रनको महत्पूर्ण साझेदारी गरेका थिए ।

सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । फिडेल एडवार्ड्स, कार्लोस ब्रेथवेट र विरसामी पेरुमलले १–१ विकेट लिए ।

पहिलो सेमिफाइनलमा लिग चरणको अपराजित ट्रीनबेगो नाइट राइडर्ससँग जमैका मंगलबार खेल्ने छ । मंगलबार रातीनै अर्को सेमिफाइनलमा गुयाना एमेजन वारियर्स र सेन्ट लुसिया जुक्स भिड्ने छन् । फाइनल बिहिबार हुने छ ।

यस्तो रह्यो सन्दीपको प्रर्दशन

जमैकाले सन्दीपलाई आठौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल रोस्टन चेशलाई डट राख्दा दोस्रो बलमा लेग वाईका रुपमा चार रन खर्चिए । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा एक रन दिए । पाँचौ बलमा रहकीम कर्नवालले छक्का प्रहार गरे । तर अन्तिम बलमा सन्दीपले कर्नवाललाई बोल्ड आउट गरे ।

११ औं ओभरको पहिलो बलमा सन्दीपले चेशलाई एक रन दिए । सन्दीपको दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं बलमा नाजिबुल्लाह जद्रानले कुनैपनि रन जोड्न सकेनन् ।

१३ औं ओभर सन्दीपले मेडन राखे । चेशले सन्दीपको ६ बलमा कुनैपनि रन जोड्न सकेनन् ।

१५ औं ओभरको पहिलो बलमा चेशलाई डट राखेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा जद्रानले चौका प्रहार गरे । चौथो बल डट राख्दा पाँचौ बलमा छक्का खर्चिन पुगे । सन्दीपले अन्तिम बलमा एक रन दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।