काठमाडौं । कोरोना भाइरस सं’क्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । सं’क्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन् । आफूहरू सं’क्रमण भएको बेला नआत्तिएको तर दृढ आत्मविश्वास कायम गरेर बसेको अनुभव साटेका छन् ।



संवैधानिक निकायका प्रमुखदेखि सांसदसम्मलाई कोरोना सं’क्रमण देखिएको छ । यस्तै, न्यायाधीशदेखि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी पत्रकारसम्मलाई कोरोना संक्रमण भएको छ ।
सांसद प्रदीप यादवले कोरोना सं’क्रमण भइहाले इच्छाशक्ति र आत्मबल बलियो बनाउन सके केही नहुने बताए । उनले भने, ‘इच्छाशक्ति बलियो बनाउने हो भने कोरोना परास्त गरिन्छ । सबैभन्दा ठूलो कुरा आत्मबल बलियो बनाउनुपर्छ । चिकित्सकको सल्लाह सुझावलाई मनन गर्नुपर्छ ।’
उनले सं’क्रमण हुन नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने बताए । सांसद यादव १२ दिन आइसोलेसनमा बसेका थिए ।
विराट मेडिकल कलेजका सञ्चालक चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोनासँगै बाँचेर हिँड्नुपर्ने बताए । उनले जो सुकै पनि संक्रमित हुन सक्ने भन्दै कसैलाई कोरोना भइहाले समाजले अपहेलना गर्न नहुने बताए ।
उनले भने, ‘सबैभन्दा ठूलो कुरा त रोग लाग्न नदिनु हो । कोरोनासँगै जिउन सिक्नुपर्छ ।’ उनले संक्रमण हुन नदिन सरसफाइ, भौतिक दूरी र मास्कको समुचित प्रयोगलाई विशेष ध्यान दिनुपर्ने बताए । डा.कार्की ११ दिन आइसोलेसनमा बसेका थिए ।
सांसद यज्ञबहादुर बोगटीले आफू संक्रमित भए पनि संक्रमण भएको कुनै अनुभूति नभएको बताए । उनले संक्रमण भएको तर आफूलाई कुनै लक्षण नदेखिएको बताए ।
सांसद बोगटीले भने, ‘तातोपानी, गुर्जोको रस र बेसारपानी खाएर कोरोना भगाएँ । कोरोना भइहाले डराउनुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था रहिरहन्छ भन्ने महसुस गरें ।’ रिपोर्ट नेगेटिभ आए पनि उनी आइसोलेसनमा छन् ।
उद्योगपति विनोद चौधरीले १० दिनसम्म एकान्तवासमा बसेको बताए । उनले ट्वीट गर्दै भनेका छन्, ‘तपाईंहरूको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो । त्यही ऊर्जाकै कारण म कोरोना सं’क्रमणबाट मुक्त भएको छु ।’
आइतबार १८१४ जना सं’क्रमणमुक्त
नेपालमा आइतबार १ हजार ८ सय १४ जना सं’क्रमणमुक्त भएका छन् । योसहित सं’क्रमणमुक्त हुनेको संख्या २८ हजार ९ सय १४ पुगेको छ । जुन कुल सं’क्रमितको ६२ दशमलव ५० प्रतिशत हो ।
यस्तै, आइतबार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरसको सं’क्रमण देखिएको छ । योसहित नेपालमा कोरोना सं’क्रमितको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ । आइतबार काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका छन् । हालसम्म संक्रमित २ सय ८९ जनाको मृ’त्यु भएको छ ।
हालसम्म सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी पाँच जिल्लामा सं’क्रमित शून्य भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १० हजार ३ सय ८२ पटक पीसीआर परीक्षण भएको छ । हालसम्म ७ लाख ६८ हजार ३ सय ४५ पटक पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा छन् । सक्रिय सं’क्रमितको संख्या १७ हजार २७ रहेको छ ।, राजधानी दैनिकबाट

























