धनगढी, ३ साउन । सुदूर पश्चिम प्रदेश सरकारकी उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री माया भट्टले बैज्ञानिक वन लागु गर्न आफ्नो कुनै भूमिका नभएको बताएकी छन् ।
रेडियो पश्चिम टुडेसंगको कुराकानीमा बैज्ञानिक बनका नाममा बन मास्ने कार्य नभएको र संघीय सरकारको नीति अनुसार नै बैज्ञानिक बन लागु भएको मन्त्री भट्टले बताईन ।
मन्त्री भट्टले बैज्ञानिक वन कार्यान्वयनमा आफ्नो कसैसंग मिलेमतो वा संलग्नता नभएको समेत प्रष्ट पारिन । मन्त्री भट्टले धार्मिक पर्यटन र जनताको आस्थासंग जोडिएकोले सुदूर पश्चिम प्रदेश सरकारले मन्दिरमा लगानी गरेको बताईन ।
हामीले यो पटक करीव तीन सय मन्दिरमा मात्र लगानी ग¥यौ, मन्त्री भट्टले भनिन, छ सय भन्दा बढि मन्दिरमा लगानीका लागि प्रस्ताव आएको थियो । मन्दिरहरुमा गरिएको लगानीले गाउँशहर सफा, सुग्घर हुनुको साथै पर्यटकलाई आकर्षण गर्ने मन्त्री भट्टको भनाई थियो ।
यस वर्ष दुई सय ७० भन्दा बढि मन्दिरमा लगानी गरेको प्रदेश सरकारले गत वर्ष तीन सय भन्दा बढि मन्दिरमा लगानी गरेको थियो । मन्दिरमा मात्र यो दुई वर्षमा ५० करोड भन्दा बढि लगानी गरिएपछि प्रदेश सरकारको आलोचना भएको छ ।