२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न सरकारसंग ‘बी पि कोइराला नेतृत्व मंच’ कञ्चनपुरको माग

कञ्चनपुर-कञ्चनपुरमा ‘बी पि कोइराला नेतृत्व मंच’ले सरकार संग कालोबजारी,ब्याप्त भ्रष्टाचार र बलात्कार जन्य घटनाको नियन्त्रणको लागि सरकारसंग माग गरेको छ । आज कञ्चनपुरको सदरमुकाम महेन्दं्रनगरमा ‘बी पि कोइराला नेतृत्व मंच’ कञ्चनपुरका संयोजक ईन्द्र साउदको नेतृत्वमा गरीएको कार्यक्रममा दिन प्रतिदिन देशभर भ्रष्टाचार, कोरोना महामारीको समयमा पनि कालोबजारी र दिन प्रतिदिन बढिरहेका बलात्कार जन्य घटनाको नियन्त्रणमा सरकारले तदारुकता नदेखाएको भन्दै यि बिषयमा गम्भीर हुन सरकारलाई आग्रह गरीएको छ ।
कर्मचारी तन्त्र र स्थानियतहका बढेको भ्रष्टाचार नियन्त्रण गर्ने बिषयमा सरकार मौन रहेको भन्दै २० मिनेट मौन कार्यक्रम समेत गरिएको छ । सरकारले ‘देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको भबिष्य माथि खेलबाड गर्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले कारबाहि गर्न नसकेको भन्दै संयोजक साउदले दुख ब्यक्त गर्नु भएको छ । उहाँले यस्ता ब्यक्ति र गिरोहलाई तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश अझै दिनानुदिन बढ़्ने तर्फ सरकारलाई सचेत गराउनु भएको छ ।
किसानहरु मल नपाएर छटपटाइ रहेको समयमा सरकारले मलको ठेक्का भ्रष्टहरुलाई दिएर गल्ती गरेको समेत उहाँले आरोप लगाउनु भएको छ । सरकारको भ्रष्टाचार र कालोबजारीलाई प्रशय दिने कार्य आपत्तिजनक, किसानहरूको भबिष्य माथिको खेलबाड भएको साउदले बताउनु भएको छ ।
नेपालभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको समयमा सरकारले परिक्षणको दायरा बढाउन नसक्दा जनताहरुमा नैरास्यता छाएको समेत उहाँले बताउनु भएको छ । ‘बी पि कोइराला नेतृत्व मंच’संयोजक साउदले कोरोना परिक्षणको दायरा बढाउन समेत सरकार संग माग गर्नु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।