धनगढी, २१ भदौ । सुदूरपश्चिम प्रदेशमा आज थप ३१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा, डोटी र सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा गरि थप ३१ जनामा कोरोना पुष्टी भएको हो । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । २ सय ८१ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । सक्रमीतहरु बझाङका १० र डडेल्धुराका २ जना हुन । बझाङको बुङ्गलनगरपालिकाका १० जना र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा सक्रमण देखिएको इन्चार्ज भुसालले बताए ।



त्यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ। १०१ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार अछामको तुर्माखाँद गाउँपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो।
यता आज सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३७१ जनाको परिक्षण गरिएकोमा थप ८ जनामा कोरोना पुष्टी भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ११ का तीन जना, वडा नम्बर २ का एक जना, कृष्णपुर नगरपालीका वडा न. ९ का १ जना, कैलालीको धनगढी उपमहानगरपालिक वडा नम्बर २ का एकजना, कैलारी गाउँपालिका वडा नम्बर ३ का एकजना, टिकापुर नगरपालीका वडा न. ७ का १ जनामा संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिममा हाल सम्म ५ हजार १सय ९८ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।

























