२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कृष्णपुर नगरपालिका–१ मा दुई पक्की पुल निमार्णको कार्य अलपत्र,निमार्ण कम्पनी सम्पर्कमा आएन्

जनक महरा/कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पर्ने पहरिया–सुन्दरीफाँटा जोड्ने खार खोला तथा सुन्दरीफाँटा–दोमल्ला जोड्ने ओदाल खोला पक्की पुल निमार्णको कार्य अलपत्र रहेको छ ।

बुडर,नाइल,बंक सडक अन्तर्गत पर्ने यि दुई पुलहरु निमार्ण सम्पन्न गर्न भएको सम्झौताको म्याद सकएिको दुई बर्ष भन्दा बढी भएता पनि पुल निमाणको कार्य भने अझ सम्म पनि मौंन रहेको छ ।

पुल निर्माण कार्य सम्पन्न नहुँदा बिभिन्न प्रकारका समस्या कृष्णपुर–१ का बासन्दिाहरुले झोल्नु परेको वडा अध्यक्ष मोहन बहादुर बस्नेतले बताए । थेगिम गल्वा जेभी निर्माण कम्पनीले ‘बाहाना मात्रै गरिरहेको , निर्माण गर्ने कुनै छाडघाट नरहेको तथा बर्षातको समयमा ओहोर दोहोर गर्नै समस्या भएको’, बिरामी हुँदा खोला तर्न नसकेर उपचारमा नै समस्या भएको’ वडा अध्यक्ष बस्नेतले बताए ।

No description available.

थेगिम गल्वा जेभीले मिति २०७४ फागुन १५ मा निमार्ण सम्पन्न गर्ने गरी मिति २०७३ भाद्र १७ गते सम्झौता गरेको थियो । उक्त निमार्ण कम्पनीले खार खोला पुलका लागि ६ करोड ६९ लाख ६७ हजारमा र ओदाल खोला पुलका लागि ५ करोड ४७ लाख ४ हजारमा ठेक्का सम्झौता गरी जिम्मा लिएको होे ।

यसरी नै कछुवा गतिमा पुल निर्माण कार्य भैरहने हो , बाहाना मात्रै गर्ने हो भने निर्माण कार्य सम्पन्न गर्न ३–४ बर्ष लाग्ने सामाजिक अभियान्ता तथा नेकपा कञ्चनपुर सदस्य अर्जुन साउदले भन्नुभयो । उनले भने हामीले बारम्बार स्थानिय सरकार,प्रदेश सरकार तथा निर्माण कम्पनी सङ्ग पुल निर्माणमा भइरहेको ढलिासुस्तीका बारेमा पटक पटक खबरदारी गररिहँदा पनि निर्माण गरिरहेको छ ।

पुल निर्माण समयमै नसक्दा जनताले सास्ती खेप्नु परेको छ । बिरामी हुँदा एम्बुलेन्स जाने बोटो छैन, बिद्यार्थिहरुले जोखिमका बिच खोला तरेर बिद्यालय जानुपर्ने बाध्यता छ, कहिले त खोला तर्न नसकेर बिद्यार्थिहरु बाटै बाट घर फर्किनु परेको छ ।

अब निमार्ण कम्पनीले सबैको समस्यालाई बुझेर तथा आफ्नो दाईत्व बोध गर्दै निर्माण कायै सम्पन्न गर्नु आवश्यक रहेको कृष्णपुर नगरपालिका नगरप्रमुख कर्ण बहादुर हमालले बताएका छन् । यदी अबको थप म्याद अबधीमा पनि निर्माण कम्पनीले पुल निर्माण सकेन भने कृष्णपुर नगरपालिकाले कानुनी प्रक्रिया अगाढी बढाई निर्माण कम्पनीलाई कालो सुचिमा राख्ने समेत चेतावनी दिनुभयो ।

No description available.

गत बर्ष कंचनपुरमा १२ वटा पुलहरुको निर्माण कार्य सम्पन्न भएको छ भने १० वटा पुल निर्माण कार्य अन्तिम चरणमा रहेको छ। आर्थिक वर्ष २०७७÷०७८ मा सडक डभिजिन कार्यालयले निर्माणाधीन १८ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ जस अन्तर्गत यी दुइवटा पुल समेत पर्दछ्न । सडक डभिजिन कार्यालय कंचनपुरका प्रमुख अर्जन कुमार बमका अनुसार पुल निर्माण कम्पनीले यो बर्षको असार मसान्त सम्म काम गरेको र कोरोना कहर तथा बर्षाको कारण काम रोकिएको बताएका छन् ।

हाल सम्म पुलको निर्माण कार्य ६५ प्रतशित मात्रै सम्पन्न भएको सडक डभिजिन कार्यालयले जनाएको छ । यो भन्दा पहिले पनि निर्माण कम्पनीले समय मै काम सम्पन्न नगर्दा जरीवाना तिराएको हो ,उनले भने अहिले बर्षाको समय सकिएको र दूई पटक पत्र पठाई सकेको लेखित रुपमा सम्पर्कमा निर्माण कम्पनी नआएको जानकारी दिनुभयो ।

पुल निर्माण कुनै बाधा अवरोध नभएको र निर्माण कम्पनीले लापरबाहीका कै कारण सम्झौता अनुरुप सम्झौता भएको समयमा काम सम्पन्न गर्न नसकेको सडक डिभिजन कार्यालय कंचनपुरका प्रमुख बम भने, । हामी सँग काम गर्ने धेरै छन् तर दक्ष कामदारको अभाव रहेको बताए ।

‘थेगिम गल्वा जेभी निर्माण कम्पनी सम्पर्कमा छैन्, निर्माण कम्पनीका प्रो.गङ्गाराम सुब्बा तथा मेनेजरको फोन नै उठ्दै न् । खार खोलाको पुलका लागि २०७७–०८–३० र ओदाल खोला पुलका लागि २०७७–०९–२५ सम्म म्याद थप गरएिको छ । थप गरएिको म्याद ४–५ महिना मात्र बाँकी छ, “के अब यो अबधीमा निर्माण कम्पनीले दुबै पुलको निर्माण यो अबधीमा सक्छ त ?” स्थानियको गुनासो रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।