२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

शुक्लाफाँटामा कृष्णसारको संख्यमा उल्लेख्य वृद्धि हुँदै

कञ्चनपुर । आजभन्दा ६ वर्षअघि शुक्लाफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटामा स्थानान्तरण गरि ल्याइएका कृष्णसारको संख्यमा उल्लेख्य वृद्धि हुँदै गएको छ।

सुरुमा स्थानान्तरण गर्दा ४२ कृष्णसार ल्याइएका थिए भने ६ वर्षको अवधिमा संख्यामा वृद्धि भएर ११३ पुगेको छ।लोपोन्मुख अवस्थामा पुगेका कृष्णसारको संरक्षण गर्न आरक्ष कार्यलयले नेपालगन्ज नगरपालिकाको स्वामित्वमा रहेको चिडियाखाना र ललितपुरको जावलाखेल चिडियाखानाबाट कृष्णसार स्थानान्तरण गरेर ल्याएको थियो।

शुक्लाफाँटामा २०६९ साल असोज २ गते नेपालगन्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दिया खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो। पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ स्थानान्तरण गरिएका हुन्।

स्थानान्तरणपछि संरक्षण क्षेत्रमा ल्याइएका दुई बच्चाको मृत्यु भएको निकुञ्जले बताएको छ। निकुञ्जले कृष्णसारको स्थानान्तरणको सुरुको वर्षमा ६० र २०७४–०७५ मा ७० ओटा पुर्‍याएको थियो।

यस्तै २०७५–७६ सालमा यो संख्या बढेर ८९ ओटा पुगेको थियो । यसैगरी २०७६–७७ को हाल सम्म बढेर कृष्णसारको सङ्ख्या १ सय १३ ओटा पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले बताए। नेपालका लागि दुर्लभ मानिएको कृष्णसार अहिले बर्दिया जिल्ला र कञ्चनपुरमा मात्रै रहेको उनले जानकारी दिए।

कञ्चनपुरको हिरापुरमा सुरुको वर्षमा १७ हेक्टरमा स्थानान्तरण गरिएको कृष्णसारलाई अहिले ५८ हेक्टर क्षेत्रफलमा संरक्षण गरेर राखिएको छ। यस्तै कृष्णसारको सङ्ख्यामा बढोत्तरी हुँदै गयो भने अरु ठाउँमा पनि स्थानान्तरण गर्ने योजना निकुञ्जको छ।शुक्लाफाँटा वन्यजन्तु आरक्षको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।