२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

क्रान्तिकारी माओवादीको सक्रियता : बर्दियामा प्रशिक्षण

क्रान्तिकारी माओवादीको सक्रियता : बर्दियामा प्रशिक्षणबाके/ नवलपुर- तीब्र, बांकेमा ‘जनकारवाही’
नेकपा ( क्रान्तिकारी माओवादी ) बर्दिया जिल्ला समितिले राजनैतिक बैचारिक प्रशिक्षण तथा धुब्रीकरण अभियान तीब्र बनाएको छ । जस अन्तरत जिल्लाका स्थानीय तहस्तरका कमिटीहरुको प्रशिक्षण भएको छ । शनिवार ठाकुरद्धारा नगर नगरपालिकामा प्रशिक्षण सम्पन्न भएको हो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका पिबिएम संकुल, केन्द्रीय सदस्य अर्जुन र जिल्ला सेक्रेटरी बिपिन क्रािन्तकारी युवा लीगका महासचिव दिलबहादुर कडायत लगायतले सम्बोधन गर्नुभएको थियो ।
क्रान्तिकारी माओवादीले वडातह सम्म प्रशिक्षण कार्यक्रम गरेको छ । त्यस्तै धुब्रीकरण अन्तरगत बिभिन्न पार्टीबाट क्रान्तिकारी माओवादीका विचार र कार्यदिशा प्रति सहमत भई धु्रब्रीकृत हुने क्रम समेत तीब्र भएको जनाइएको छ ।
त्यस्तै क्रान्तिकारी माओवादी बाँके जिल्ला समितिले जनकारवाही शुरु गरेको छ । भष्ट्रचारीलाई कारवाही गर्ने पार्टी नीति बमोजिम खजुरा गाउपालिका ६ सिमलघारीमा नेपाल बिद्युत प्राधिकरण मार्फत ठेक्का प्रक्रियामार्फत ४ फेज तार जडान गर्दा ठेकेदार विकास सिंहले स्थानीय घुसखोहरुसंग मिलेर जनतासंग बिद्युत जडानमा अतिरिक्त शुल्क लिएकोमा जनताकै बीचमा उक्त रकम फिर्ता गर्ने कार्य गरेको जिल्ला सेक्रेटरी पीटीले बिज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।
क्रान्तिकारी माओवादीले रकम फिर्ता गराएर ठेकेदार तथा कमिशनखोरलाई जनताकाबीचमा उभ्याएपछि स्थानीय जनताहरु हर्षित भएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।