बनारस, ३ साउन । भारतको बनारसमा जवर्जस्ती नेपाली युवाको कपाल मुण्डन गरेर भिडियो बनाउने व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
बनारस प्रहरी अधिकारीका अनुसार नेपाली युवकको केश मुण्डन गरी भिडियो बनाउने सन्तोष पाण्डेय पक्राउ परेका छन् । उनीबाट भिडियो समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले यो घट्नासंग जोडिएका थप एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
नेपाली युवामाथि ज्यादती तथा दुव्र्यबहार गर्ने हिन्दु स्वयम सेवक संघका अरुण पाठक र अन्य व्यक्तिको पनि खोजी भईरहेको भारतीय प्रहरीले जनाएको छ । बनारस प्रहरीले नेपालीमाथि भएको यो घट्नालाई गम्भीरतापूवर्क लिएको जनाएको छ ।
प्रहरी अधिकारीले हिजो साँझ घट्नाका बारेमा बोल्दै भनेका छन्, यो घट्नाका संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीका थुप्रै टीम परिचालन गरिएका छन् । घट्नामा संलग्न व्यक्तिहरुमाथि प्रहरी कठोरतापूर्वक प्रस्तुत हुनेछ ।
कसैलाई उन्मुक्ति दिईने छैन । प्रधानमन्त्री केपी शर्मा ओली राम जन्मभूमि अयोध्या नेपालको पर्सा जिल्लाको ठोरीमा भएको अभिव्यक्ति दिएको बिरोधमा भारतीयहरुले बनारसमा रहेका एक नेपाली युवालाई नियन्त्रणमा लिई उनको जवर्जस्ती कपाल मुण्डन गरेका थिए । बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्बाचन क्षेत्र हो ।