२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

निर्मला! निर्मला! निर्मला!

यहीँ एउटा नाम
चर्को स्वरले
कराएको सुन्छु म,

यहीँ एउटा तस्बिर राखेर
न्यायको लागि
लेखहरु लेखिएको देख्छु म,

अचम्म पर्छु म,

सोच्छु
निर्मलाले चिच्याइरहदा,

दिनरात मन्दिरमा पुजिने
दानवबाट बचाउन
एकै पुकारमा
उपस्थित हुने
“भगवान”
कहाँ गए?

भाइटिका र रक्षाबन्धनमा
दिदिबहिनिको
रक्षा गर्नेछु भन्ने
“दाइभाइ”
कहाँ गए?

अपराधीलाई पक्रेर
सजाय दिलाउने,
जनताको सुरक्षाका लागि
दिनरात खटिने,
सपथ लिएका
“प्रहरी”
कहाँ गए?

कसै निर्दोश माथी
अन्याय नहोस्
भनेर स्थापित गरिएका
“न्यायलय”

न्याय गर्ने
“न्यायाधीश”
कहाँ गए?

जनताको सेवा नै मेरो धर्म र कर्म हो
भन्दै हिड्ने
माननीय मानिने
“नेता”
कहाँ गए ?

म भन्छु,

छाडिदेउ पुज्न भगवान

छाडिदेउ धाउन न्यायलय

छाडिदेउ जान प्रहरी कार्यालय

छाडिदेउ बाध्न रङ्गिचङ्गी रक्षा
छाडिदेउ लगाउन सप्तरङ्गी टीका

छाडिदेउ लिन नेताका सहानुभूति

न निर्मला फिर्ता आउछिन्
न न्याय नै
किनभने यहाँ न्याय गर्नेहरु
न्यायको घाँटी रेटेर नै
उचाइमा पुगेका छन्

त्यहाँबाट उहीँ
खुनले लित्पितिएको
भुइँमा
झर्ने सामर्थ्य
अपराधीहरु राख्दैनन् ,

बरु सक्छौं भने
आज
आफ्नी छोरीलाई
लक्ष्मण रेखा भित्र नराखि
हरेक रेखा पार गर्न सक्ने
योद्धा बनाउ,
डर र लाजको श्रिङ्गार् हैन
हिम्मतको घुम्टो ओडि
आत्मविश्वासको पोसाक
पहिरन सिकाउ,
ता कि
भोलि
फेरि कसैले
निर्मला बन्नु नपरोस्
निर्मला गाउनु नपरोस् ।
दीक्षा भट्ट (धनगढी )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।