२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

सुदूरपश्चिममा शनिबार थप ४५ जनामा कोरोना पुष्टि

कञ्चनपुर ।  सुदूरपश्चिममा आज थप ४५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २४, बझाङका १६, कञ्चनपुरका तीन र डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४६३ नमुनाहरुमध्ये २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका २४ र कञ्चनपुरका ३ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर नखुले तीनजना, वडा नम्बर ५ का चार जना, वडा नम्बर ३ का चारजना, वडा नम्बर ७ का एकजना र गोदावरी नगरपालिकाका ७ महिने शिशु सहित १२ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका दुईजना र भिमदत्त नगरपालिका वडा नम्बर १ का एकजनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए । यस्तै डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ११० नमुनाहरुमध्ये १६ जनामा संक्रमण देखिएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार आज संक्रमण देखिएका सबै जना बझाङका रहेका छन । उनले जिल्लाको थलारा गाउँपालिकाका ४ जना, केदारस्यू गाउँपालिकाका १० जना र छब्बिसपाथिभरा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

अन्य ९४ जनाको परिक्षण रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १०६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित दुबै जना पुरुष हुन् भने उनीहरुको डोटीको सायल गाउँपालिका वडा नम्वर ६ का रहेको प्रयोगशालाले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।