२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

पोखरामा कुकुरको हत्या गर्ने व्यक्ति पक्राउ

पोखरा, ३ साउन । कुकुरको हत्या गरेको आरोपमा कास्कीमा प्रहरीले एकजानालाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहचोकमा भिरबाट कुकुरलाई खसालेर हत्या गरेको आरोपमा स्थानीय सुवास नेपाली पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कुकुरलाई भिरबाट खसालेको दृश्य उनले टिकटकमा समेत अपलोड गरेका थिए । सामाजिक सञ्जालमा भिडियो पोस्ट भएपछि नेपालीलगायत घटनामा संलग्‍नहरुलाई कारबाहीको माग गर्दै पशु कल्याण संघ नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेको छ ।

उनले पशुलाई निर्दयीतापूर्वक भीरमा लगी निर्दयी रुपले फाली मारेर मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २९० को विपरीत कार्य गरेको हुँदा निजलाई यथाशीघ्र कारवाही गरिनुपर्ने पशु कल्याण संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।