डडेल्धुरा – आलिताल गाउँपालिका-३ मा एक बालिकालाई अरिङ्गालले टोक्दा साढे तीन वर्षीया बालिकाको मृत्यु भएको छ । ज्ञानेन्द्र धामीकी साढे तीन वर्षकी छोरी नविना धामीको मृत्यु भएको उनका आफन्त रघुवीर धामीले बताए ।



अरिङ्गालले टोकेर सिकिस्त बनेकी बालिकालाई उपचारका लागि लैजाँदै गर्दा शनिबार बिहानै मृत्यु हो । बालिकालाई करिब २० –३० वटा अरिङ्गालले टोकेको आफन्त रघुवीरले जानकारी दिए। एक/दुई अरिङ्गाललेले गाउँका अन्य मानिसलाई समेत टोकेको थियो तर बालिकालाई भने धेरै अरिङ्गालले टोकेको थियो।
Views: 141

























