२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

डडेल्धुरामा निषेधाज्ञा खुकुलो बनाइयो

डडेल्धुरा- डडेल्धुरामा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ। जिल्ला स्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति ९डिसिसिएमसी० को शुक्रबारको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।  जिल्लामा जारी निषेधाज्ञालाई भदौ ३१ सम्म खुकुलो बनाउने गरी लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए।  

जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसल शुक्रबारदेखि भदौ ३१ गतेसम्मका लागि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै संचालन गर्न पाउने छन्। यसअघि पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न दिइएको थियो। पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकलहरूलाई शुक्रबारदेखि ३१ गतेसम्म जोर–बिजोर प्रणाली लागू गरिएको छ।  सार्वजनिक मेला, पर्व, भेला, सभा सम्मेलनलाई पूर्ववत् रूपमा पूर्ण निषेध गरिएको छ ।

सवारी पास नलिई अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने यात्रुबाहक सार्वजनिक र निजी सवारी साधनलाई पनि पूर्ण रोक लगाउने निर्णय डिसिसिएमसीको बैठकले गरेको छ ।  सरकारी कार्यालय, संस्थान, बैंक तथा वित्तीय संस्थाहरू, निजी क्षेत्रका कार्यालयहरुमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्वन गरी पूर्ववत् संचालन गर्न पाइने भएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।