विश्वव्यापी रुपमा फैलिएको कोरनाको माहामारी बाट पुरै विश्व यसरी आक्रान्त छ। न जिबन बृत्ति न जिवन जिउँनु नै सबल। यहि परिवेश पुरै संसारमै हावी भईरहदा हाम्रो राष्ट्र पनि अछुत भने छैन। जुन व्यवहार कोरना लागेको मान्छे संग आम मान्छे गर्न गर्छन्। उनिहरूले सायद सोच्छन “हामी अमर अचुक छु” तर काल सबै को साझा हो। तर मलाइ लाग्छ कोरना लागेका वा कोरना को स्याहार वा उपचार गर्नलाइ किन दुर्व्यवहार गरिरहन्छन्। कोरनाको उपचारमा खटिएकै आधारमा व्यत्तिगत रुपमै मात्र होइन त्यो खटिएको व्यक्तिको परिवारलाई समेत बारम्बार गिज्याए रहन्छन्। यसौ भनौ एक उखान छ”१ बिटुलो त पुरै ”
तर वास्तवमा अन्तराष्ट्रिय परिपेक्षलाई हेर्न हो भने निति नियम र मापदण्ड अनुरुप होच्याउने कार्य कानुनी अपराध मान्ने गरेको छ र कडा कारवाही हुन गर्दछ पनि।
तर नेपालको सन्दर्भ ठिक विपरित छ। कानुनका कुराहरू त छन तर “कागलाई वेल पाक्यो हर्ष न विस्मात!” जस्तै छ। लागुलाई कानुन बनाउनु पर्ने मानौ ति सरकार का जिम्मेवारी थिए। एकपटक पुरा गर्यो भने हुन! अनुगमन, निरक्षण हौसला भन्ने कुरा प्रिय सरकार ले दिन सकेन। तथापि आज न्युजहरुमा सुन्नु पर्छ प्रत्येक दिन:
आज परिवार बाटै कोरना को उपचारमा खटिएका स्वास्थ्य कर्मिलाई दुर्व्यवहार। समाजको दुर्व्यवहार
किन जस्ले आफ्नो ज्यानको बाजी लगाई पुरै ज्यानलाई समर्पण गरि उपचार लागि रहन्छ।त्यसै माथी बज्रपात त्यसै माथी अत्याचार!!
प्रिय सरकार बाट कडा कानुन बनाई पालना होस न ताकि कुनै पनि व्यक्तिले कोरनाको कारण ले अथवा उपचारमा खटिएकै आधारमा समाज र परिवार को तिरस्कारको परिवन्धको भुमरीमा नपरोस्।
शङकालुका नजरमा एक छारो हाल्न लाइ शाहस देउ न ए प्रिय सरकार
जब कोरनाको उपचारमा खटिने नै तिरस्कारले जेलिए भने
भोलिको चुनौती गम्भीर हुनसक्छ।
– जनक जाेशि डडेल्धुरा




























