डडेल्धुरा ( अमरगढि) – डडेल्धुराको अमरगढी नगरपालिकामा शैक्षिक शत्र ७७÷७८ का लागि विद्यालय नर्स कार्यक्रम सुरु भएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाले नर्सहरुका लागि अमरगढी नगरपालिकाले दर्खास्त समेत आह्वान गरि काम अघि बढाएको छ ।
अमरगढी नगरपालिकाभित्र सरकारी विद्यालयमा अध्ययन गर्ने स्कुले बालबालिकाहरुलाई लक्षित गरि विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम शुरु भएको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकराका साथै स्वस्थ रहन उत्प्रेरित गरि स्वास्थ्य सुदृढिकरण गर्ने गरि यो कार्यक्रम लागु भएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले बताएका छन् । उनले भने ५ सय विद्यार्थी बराबर एक नर्स राख्नु पर्ने भएपनि भौगोलिक हिसाबले केही फरक पर्न सक्नेछ ।
संघिय सरकारले सुदुरपश्चिमका अछाम र डडेल्धुरा जिल्लामा विद्यालय नर्सिङ कार्यक्रम यस शैक्षिक शत्रमा कार्यक्रम संचालन गर्ने गरि बजेट विनियोजन गरे अनुसार अमरगढी नगरपालिकामा १० वटा विद्यालय नर्स भर्ना गरिनेछ ।
विद्यालय नर्स मार्फत किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा सरसफाई सम्बन्धी परामर्श प्रदान गर्ने, स्वच्छ वातावरण निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरित गर्ने, विद्यार्थीमार्फत समदायको स्वास्थ्य सचेतनाको काम गर्ने र छात्रामा देखिने विभिनन समस्याको निगरानी र उपचारमा यस कार्यक्रमले सहयोग पुग्ने अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताएका छन् । तल हेर्नुस् याे सुचना –

Views: 159




























