२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

सुदूरपश्चिमा आज थप ७ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिममा शुक्रबार थप ७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण भएका १ हजार ६४ नमुनाहरुमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एकजना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा तीनजना र डोटी अस्पतालको प्रयोगशालामा भएको परिक्षण तीनजना गरी थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४६४ नमुनाहरुमध्ये एकजनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की २६ बर्षिय महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४५९ नमुनाहरुमध्ये ३ जनामा संक्रमण देखिएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले आज थप ३ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनले बैतडीको पाटन नगरपालिकाका एकजना, बझाङको मष्ठा गाउँपालिकाका एकजना र दार्चुलाको मार्मा गाउँपालिकाका एकजनामा संक्रमण देखिएको बताए । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टा परिक्षणमा भएका १४१ नमुनाहरुमध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका अनुसार अछाम र डोटीका ३ जनामा संक्रमण देखिएको हो । डोटीको पुर्विचौकी गाउँपालिकाका एकजना, आर्दश गाउँपालिका वडा नम्बर ३ का एकजना महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्बर १ का एक पुरुषमा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार एक सय ३४ पुगेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।