धनगढी– पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या २ सय ७१ पुगेको छ।



गत २४ घन्टाको अवधिमा मृत्यु हुने संक्रमितहरुमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया र चितवनका ३५ वर्षीया महिलाको मृत्यु भएको हो।
यस्तै सप्तरीका ५५ वर्षीय दुई पुरुष, रसुवा ३१, कास्कीका ३६, नवलपरासीका ३७, प्युठानका ५८, रुपन्हेदीका ८७, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
Views: 176

























