२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

डडेल्धुरामा भदौ ३१ गतेसम्म निषेधज्ञा थप

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोश्रो पटक निषेधज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । यो भन्दा पहिले भदौ १२ गते देखी १९ गतेसम्म निषेधज्ञा गरिएको थियो ।

भदौ १९ गते राति १२ बजेदेखी जारी हुनेगरी भदौ ३१ गतेसम्म जिल्लामा संचालित सार्वजनिक,नीजि सवारी साधनहरु(मोटरसाइकल) समेत जोर विजोर प्रणालीमा संचालन गर्नुपर्ने, सवारी पास विना अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने सवारी साधनहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने जस्ता निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।

प्रहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जिल्लामा हुने सार्वजनिक मेला,पर्व,भेला लगायतका सभा सम्मेलनलाई पुर्णरुपमा निषेध गरिएको छ भने अत्यावश्यक वस्तुका पसलहरु बाहेक अन्य सवैखाले पसलहरु विहान ६ बजेदेखी बेलुका ७ बजेसम्म खुल्न सक्ने भएका छन् ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले गरेका निर्णय उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन,२०२० तथा प्रचलित कानुन अनुसार कारवाही गरिने समेत जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।