कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यही भदौ मसान्तसम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको छ ।



भदौ ४ गतेदेखि कञ्चनपुर जिल्लाभर जारी रहेको निषेधाज्ञालाई केही परिमार्जन गरी यही भदौ ३१ गते राति १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कल्पना भट्टले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, कञ्चनपुर जिल्लाभर लागु हुने गरी बिहान ६ बजेदेखि बेलुकी ५ः३० बजेसम्म उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन गर्न सकिने भएपनि बेलुका ५ः३० बजे देखि बिहान ६ बजेसम्म अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तु बाहेक अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन नगर्न सूचना जारी गरिएको छ ।
Views: 165

























