डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोगशालाले एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट दिने भएको छ । यस्तो सुबिधा सुदूर पश्चिममा डडेल्धुराको प्रयोगशाला भन्दा अन्यत्र छैन ।



समयमा रिपोर्ट नआउदा मृतकको दाहसंस्कार तथा गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या हुने गरेकोमा अव त्यो समस्याको समाधान हुने विश्वास गरिएको छ ।
प्रयोगशालाका ईञ्चार्ज ईश्वरी भुषालले एक्सपर्ट बिधिबाट एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट दिने बताए ।
प्रयोगशाला ईञ्चार्ज भुषालका अनुसार हालसम्म एक्सपर्ट बिधिबाट सात जनाको कोरोना परीक्षण गरिएको छ ।
ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा डडेल्धुरामा स्थापना भएको पीसीआर मेसिनका लागि विश्वका बिभिन्न मुलुकमा रहेका सुदूर पश्चिम समाज र सुदूर पश्चिमेली अगुवा र यहाँका व्यवसायी, संघसंस्थाहरुले सहयोग गरेका थिए ।
डडेल्धुरा प्रयोगशालामा हालसम्म १३ हजार जनाको कोरोक्षा परीक्षण भएको छ ।

























