२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

कञ्चनपुरको कृष्णपुरमा आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा कृष्णपुर नगरपालिकावाट ३० वर्षीय छोरा पक्राउ परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । अपराध लुकाउन नसकेर प्रहरी समक्ष आएको भन्दै बृद्ध आमाले छोरा बिरुद्ध मुद्दा दायर गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यौनजन्य हिंसा सहन नसकि ५८ बर्षिया आमाले आफ्नै छोरा बिरुद्ध प्रहरीमा मुद्दा दिएकी छिन् । छोराले मदिरा सेवन गरेर यौनजन्य हिंसा गर्न थालेपछि छोरा बिरुद्ध आमाले जबरजस्ती करणीमा मुद्दा दायर गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले छोरा बिरुद्ध आमाले दिएका जवरजस्तीे करणी उद्योगको मुद्दा दर्ता भएको बताए । “मुद्दा दर्ता भइसकेको छ ।“ प्रवक्ता थापाले भने, ‘छोरालाई समेत पक्राउ गरि अनुसन्धान शुरु भइसकेको छ, म्याद थप गरेका छौँ ।’

सानैमा बाबुको स्वर्गबास भएपछि आमाले सुखदुःख गरेर छोरालाई हुर्काएकी थिइन् । श्रीमती सहित छोराछोरी लगेर भारतमा रोजगारी गर्दै आएका यि पुरुष कोरोनाको कारण भएको बन्दाबन्दीको समयमा घर आएका थिए । स्थानीयले जन्मदिने, संसार देखाउने आमामाथि गरेको कुर्कमको सजाय भोग्नुपर्ने भन्दै यस्ता व्यक्तिमाथि कार्बाही गर्नुपर्ने माग अघि सारेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।