२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

६ प्रतिशत इन्टरनेट खपत टिकटकमा मात्र

इन्टरनेट ट्राफिकमा टिकटिकको लोड बढेको भन्दै नेपालका इन्टरनेट सेवाप्रदायकलाई व्यवस्थापनमा सकस भइरहेको छ।पछिल्लो समय टिकटिकको प्रयोग बढ्दै जाँदा त्यसले इन्टरनेटको ट्राफिकमा असर गर्दा समग्र प्रयोगकर्तालाई प्रभावित परेको छ।

पछिल्लो समय टिकटकको ब्यान्डवीथ खपत दोब्बरभन्दा बढीले बढेको छ। नेपाली सेवाप्रदयाकहरुका अनुसार अन्तर्राष्ट्रिय ब्यान्डवीथ खपत गर्नेमा टिकटिकको हिस्सा बढ्दै गएको छ।

यो समस्या समाधानका लागि भन्दै सेवाप्रदायकहरुले टिकटकसँगको पहलमा काम गरिरहेका छन्। उनीहरुले स्थानीय क्यास नोड बनाएर व्यवस्थापन गरिरहेका छन्। देशको अग्रणी सेवाप्रदायक वर्ल्डलिंकले टिकटकसँग सहकार्यमा नयाँ बनेको क्यास नोडबाट पिक आवरमा सुस्त हुने समस्यालाई समाधान गरिएको जानकारी दिएको छ।

टिकटकको औषत खपत कूल प्रयोगमा ६ प्रतिशत ब्यान्डविथ खपत रहेको आइएसपीहरुले बताएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।