काठमाडौं । एनसेल आजियाटाले आफ्ना फोरजी ग्राहकका लागि ‘ननस्टप’ अफरहरू ल्याएको छ । योजना अन्तर्गत ग्राहकले युट्यूब, टिकटक र फेसबुकको ननस्टप प्याकेजमा बोनस डेटाको फाइदा समेन लिन सक्ने छन् ।



हाल सञ्चालनमा रहेको ननस्टप युट्यूबप्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरू ल्याएको बताइएको छ । ‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरू बिहीवारदेखि सञ्चालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरूको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको कम्पनीको भनाइ छ ।
आफूलाई मन पर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि प्याकको समयसीमा बाँकी भएसम्म ननस्टप प्रयोग गर्न सकिने छ । ग्राहकले ७ दिनको ननस्टप टिकटक प्याक रू. १०० मा सुचारु गरेपछि अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनसस्वरूप प्राप्त गर्ने छन् ।
युट्यूबमा रहेका सामग्रीहरू मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्यूब प्याक पनि छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार करसहित रू. २५ मा १ दिनका लागि यो प्याक सुचारु गर्न सक्ने छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनका लागि युट्यूब वा फेसबुकको कम्बो प्याक करसहित रू. १९१ मा सुचारु गर्न सक्ने छन् ।
साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटासहितको ननस्टप युट्यूब प्याक करसहित रू. ४५९ मा खरीद गर्न सक्ने छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि पनि प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।
ग्राहकले उल्लेखित ननस्टप प्याक सुचारु गरेपछि हरेक दिन ५०० एमबीका दरले ७ दिनसम्म करसहित रू. २५ मा ३ हजार ५०० एमबी थप डेटो लिन सक्ने छन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्यूब चलाउनका लागि प्रयोग गर्न सक्ने छन् ।

























