२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

सुदूरपश्चिम प्रदेशमा थप ४२ जना कोरोना संक्रमण मुक्त

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ४२ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिहिवार डोटीबाट ४१ र कञ्चनपुरबाट एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै प्रदेशमा पाँच हजार ४२ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका पाँच हजार ४२ जनाले कोरोना जितेका छन्।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ४१ जना निको भएर घर फर्किएका छन्। यस्तै डोटीका आँठ सय ६१, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय ३५ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८५ जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

सुदूरपश्चिम प्रदेशमा बिहिवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार एक सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।