डडेल्धुरा ( भागेश्वर ) – डेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँपालिकामा कार्यरत ९९ जना कर्मचारीहरुको म्यादी र कोरोना बिमा गरेको छ ।



गाउँपालिकामा कार्यरत स्थायी,करार र अस्थायी कर्मचारी गरि ९९ जनाको म्यादी बिमा अघिल्लो आर्थिक वर्षको असार महिनामा गरिएको प्रमुख प्रशासकीय अधिकृत हर्ष बहादुर रोकाले बताउनुभयो ।
गाउँपालिकाले ३ लाख ५० हजार रुपैया विनियोजन गरि सिटिजन लाईन ईन्स्योरेन्समा ९९ जना कर्मचारी म्यादी बिमा गरेको छ । बिमा कम्पनीले म्यादी बिमा गरिएका कर्मचारीहरुलाई १० लाख दुर्घटना र ५ लाख अन्य जोखिममा उपलब्ध गराउनेछ ।
गाउपालिकाले केही दिन अघि कर्मचारीहरुको कोरोना बिमाका लागि पनि राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई विवरण पठाईसकेको समेत प्रमुख प्रशासकीय अधिकृत रोकाले बताउनुभयो । उहाँले भन्नुभयो “स्थायी कर्मचारीहरुको कोरोना बिमा सरकारले नै गर्ने भएकोले पालिकाको पैसा हाल्नु पर्दैन र स्थायी कर्मचारीको कोरोना बिमा भैसकेको छ तर अस्थायी र करारका कर्मचारीहरुको विमाका बारेमा छलफल भैरहेको र सरकारले नगरे पालिकाकै खर्चमा गर्छौ ।

























