२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

सुदूरपश्चिम प्रदेशमा बिहीबार ६१ जनामा कोरोना पुष्टि

धनगढी, १८ भदौ । सुदूरपश्चिम प्रदेशमा आज ६१ जनामा कोरोना पुष्टि भएको छ । सेति प्रादेशीक असपताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टी भएको हो ।
१८ महिला र ३२ पुरुष गरी ५० जनामा संक्रमण पुष्टि सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । संक्रमण पुष्टी हुनेमा ४८ जना कैलालीका १ जना कञ्चनपुरका र एक जना ठेगाना नखुलेका छन् ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २सय ४४ जनाको परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार डोटीका ४, अछामका २, बझाङका १ र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

डोटीको जोरायल गाउपालिकाका ४ जना, अछामको मेल्लेख र चौरपाटी गाउपालीकामा १र१ जना, बझाङको बुङ्गल नगरपालिकाका १ जना र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत एक जना प्रहरीमा पनि सक्रमण देखिएको इन्चार्ज भुसालले बताए । उता डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय १० जनामा गरिएको परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

डोटि अस्पतालका ल्याव ईन्चाज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा सबै अछामका हुन । अछामको चौरपाटी गाउँपालीका वडा न.२,४, ७ का ३ जना पुरुषमा संक्रमण पुष्टी भएको हो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ३८ पुगेको छ । संक्रमण पुष्टि भएका पाँच हजारले कोरोना जितेका छन भने १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।