२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

मानवता हरायो मान्छेमा ! ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट

काठमाडौं । सरकारले महामारीको विज्ञापन गरेको भन्दै निषेधाज्ञा र कोरोना भाइरसको महामारीको बीचमा ललितपुरको पुल्चोकबाट रातो मच्छिन्द्र रथ यात्रा सुरु भएको छ। तर यो रथयात्रा प्रहरीको हस्तक्षेपका कारण केही मिटर अघि बढेपछि रोकिएको छ। रथयात्रामा न त सामाजिक दूरी थियो न स्वास्थ्य मापदण्डको पालना गरिएको थियो।

महामारी नियन्त्रण नभई भाइरस मात्रै भएको भन्दै सरकारसँग आक्रोश पोख्दै पाटनबासीले रथ यात्रा सुरु गरेका थिए। ‘विश्‍व मानवजातीको अन्‍न उत्पादन गर्ने जात्रा भएकोले सरकारले मात्र रोक्न सक्दैन’, रथ यात्रामा सहभागी एक महिलाले भनिन, ‘सरकारले महामारीलाई विज्ञापन गरेर डर र त्रास फैलाएको छ।’ उनले नेपालीसँग भाइरससँग जुध्‍न सक्ने शक्ति रहेको जिकिर गरिन्। सरकारले तान्‍न नदिए पनि सुरक्षित तरिकाले पनि तान्‍ने पाटनबासीको भनाइ छ।

‘सरकारलाई चुनौती दिएका छौँ। यति गर्दा पनि सरकारले केही गरेन भने भोलिदेखि हामी आफै तान्छौँ,’ पाटनबासी भन्छन्। थाहाखबरले निषेधाज्ञामा पनि रथको यात्रा भयो नि भनेर बुझ्‍न खोज्दा जिल्ला प्रशासन र सुरक्षाकर्मीबीच छलफल भएर रथयात्रा रोकि सकिएको ललितपुरका जिल्ला प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए। ‘कसरी मानिस स्वतः स्फुर्त निस्के? यसबारेमा बुझिरहेको छौ,’ उनले भने,’ रथयात्रामा निस्केका रहेछन्।

महामारीमा यसरी भीड गर्न पाइँदैन। सबैलाई थाहा छ।’ रथ यात्राका लागि काठमाडौं र ललितपुरका नागरिक स्वत:स्फुर्त निस्केका ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउँछन्। रथ यात्रामा कसैले पनि स्वास्थ्य मापदण्डको पालना नगरेको उनले जानकारी दिए। प्रवक्ता महर्जनले भने,’ पुल्चोक हुँदै क्‍वा बहालमा आज पुगेछन्। त्यहाँदेखि रोक्न सकिन्छ,’ उनले भने।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।