२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

नेकपामा नयाँ ट्विष्ट : सचिवालय बैठक बस्दै, दुवै समुह संशकित !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवादमा नयाँ ट्विष्ट आएको छ । जारी स्थायी कमिटी बैठक नै अन्योलमा रहेका बेला शिर्ष नेताहरुले फेरी सचिवालय बैठकमा छलफल गर्ने निर्णय गरेका छन् । यसका लागि आज अपराहन्न ३ बजे सचिवालय बैठक बस्ने भएको छ ।

यसअघि स्थायी कमिटी बैठक लगातार स्थगित हुदा अलमलमा परेको नेकपाको नेतृत्व र विवाद अब फेरी सचिवालयमा फर्किएको छ । विहिबारसम्म अब केन्द्रीय कमिटी बैठक बोलाएर सबै विवाद केन्द्रीय कमिटीमा छलफल गर्ने निष्कर्षमा पुगेको नेकपाको नेतृत्व अब सचिवालयमै फर्किनुलाई नेकपा विवादमा नयाँ ट्विष्ट आएको रुपमा बुझिएको छ ।

नेकपाका केहि नेताहरुले आजको बैठक निर्णयक हुनसक्ने बताएका छन् । 

तर प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै समुह नयाँ विकसित घटनाक्रमले संशकित भएको पनि नेकपामा चर्चा छ ।

प्रधानमन्त्री ओलीले केहि समयदेखि सचिवालय र स्थायी कमिटीका सदस्यहरुलाई आफ्नो पक्षमा पार गरेको कसरत सफल भएपछि सचिवालय बैठक बोलाएको होकी भन्दै प्रचण्ड पक्ष ससंकित भएको एक स्थायी कमिटी सदस्यले खरीबोटलाई बताए । उनले दुवै पक्षमा अलिकति अविश्वास र डर दुवै देखिएको अहिलेको अवस्था रहेको टिप्पणी गरेका छन् ।

अहिले नेकपाको शिर्ष तहमा गृहमन्त्री रामबहादुर थापा र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई साथ दिने अनुमान गरिएको छ तर उनीहरुले प्रचण्डसमुहसँगको नियमित छलफलमा भाग लिइरहेको र ओलीलाई हटाउनुपर्छ भन्नेमा अडान लिनुपर्ने बताएकाले यो अनुमान नै होकी भन्ने पनि रहेको छ ।

त्यस्तै केन्दीय कमिटी बैठक बोलाउनबाट पछि हटेका प्रधानमन्त्री ओली अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पदबाट पछि हट्न सक्ने समेत बताइएको छ । यसको ठोस आधार नरहे पनि ओली निकट नेताहरुले केन्द्रीय कमिटी फेस गर्दा आफूविरुद्ध निर्णय आए त्यसलाई मान्नैपर्ने अवस्था आउने हुनाले अहिलेको विवादलाई केन्द्रीय कमिटीमा लैजान नहुने सल्लाह दिएकाले ओली केन्द्रीय कमिटीको सट्टा सचिवालय बैठक तर्फ मोडिएको बताइएको छ । यस स्थितिमा उनी एक पद छोडेर अगाडी बढ्न सक्ने सम्भावना बढेर गएको बताइएको छ ।

पछिल्लो घटनाक्रम अनुसार आजको सचिवालय बैठकले धेरै हदसम्म नेकपाको विवाद टुंगो लगाउने चर्चा नेकपा वृतमा शुक्रबार साँझदेखि चलेको छ ।  

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।