२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

क्रान्तिकारी माओवादीद्वारा जग्गा कब्जा

नवलपरासी -नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले बर्दघाट–२ चिसापानीस्थित ढेडारीफाँटको रहेको विवादित जग्गा कब्जा गरेको छ ।
विहीवार राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ८ बिघा १२ कटठा २ धुर जग्गा सार्वजनिक हुनुपर्ने माग गर्दै बैद्य माओवादीले कब्जामा लिएको हो ।
क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी क्रान्तिको नेतृत्वमा पुगेको माओवादी कार्यकर्ताहरुको टोलीले जग्गामा झण्डा तथा ब्यानर गाडेर कब्जामा लिएको घोषणा गरेका हुन । त्यस्तै ग्रिनबेल्टका नाममा राखिएको सो जग्गा सार्वजनिक सम्पतिको रुपमा राख्नु पर्ने स्थानीयको समेत माग रही आएको छ ।
माओवादी कार्यकर्ताहरुले कोणसभाको आयोजना गरी जग्गा कब्जा गरेका थिए । कार्यक्रममा नगर सेक्रेटरी क्रान्तिले भुमाफियाले गिद्धेनजर लगाएको र संसदीय ब्यवस्थाका मतियारहरुले ¥याल चुहाएको जग्गालाई सार्वजनिक जग्गाको रुपमा विकास गर्न जनताको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा भुगिरोहलाई जग्गा बेचेर खान नदिइने र त्यस्तो गरे जनताले कारवाही गर्ने दावी गर्नुभयो । हामी जनताको साथमा छौ जनताको भावना बिरुद्ध जाने जो कोही भएपनि छाड्नेछैनौ – सो पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहनुभएका उहाँले भन्नुभयो –जनताका अगाडि भुमाफियाहरु नङग्याउने बेला आएको छ । जनताले त्यस्ता गिरोहलाई कारवाही गर्नेछन् ।
कार्यक्रममा सो पार्टीका नगर सहसेक्रेटरी आकाशले सार्वजनिक जग्गा हडप्न खोज्ने गिरोहलाई पार्टीले छानी छानी कारवाही गर्ने बताउनुभयो ।
कार्यक्रम पछि नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समिति बिज्ञप्ति समेत जारी गर्दै जग्गा सार्वजनिक सम्पतिको रुपमा राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।
जग्गा कब्जा गर्नु अघि सो पार्टीको नगर समितिको बैठकले उक्त जग्गा सार्वजनिक रुपमा राखिनुपर्ने माग गर्दै कब्जामा लिने निर्णय गरेको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।