काठमाडौं- नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र देशभर कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु भएकामध्ये २ जना पुरुष र ४ जना महिला रहेका छन् ।



त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
Views: 145

























