धनगढी- डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय १० जनामा गरिएको परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।



डोटि अस्पतालका मोलेकुलर ल्याव ईन्चाज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा सबै अछामका हुन् ।अछामको चौरपाटी गाउँपालीका वडा न.२,४, ७ का ३ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

Views: 168

























