धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट एका बिहानै अछाम र बाजुरा पुगेका छन् । प्रदेश मुकाम धनगढीवाट बाढी पहिरो पिडीतकालागि रहात बोकेर मुख्यमन्त्री भट्टको टोली त्यसतर्फ हिडेको हो ।



मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिवसहितको टोली नेपालीसेनाको हेलिकप्टरमार्फत अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनी बजार र बाजुरा गौमुल लगायतका ठाउँका बाढी प्रभावित परिवारहरुका लागि राहत सामग्री लिएर गएका हुन् ।
मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिब ओलीका अनुसार मुख्यमन्त्री सहितको टोली बाढीले घर बगाएका परिवारहरुका लागि त्रिपाल र कम्बल जस्ता आवश्यकीय सामाग्रीसाथै टोलीले मृतक परिवारलाई घोषणा गरेको एक लाख रुपैयाँ राहत पनि हस्तान्तरण गर्नेछ ।
Views: 166

























