२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

डडेल्धुरा प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी- डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २सय ४४ जनाको परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार डोटीका ४, अछामका २, बझाङका १ र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

डोटीको जोरायल गाउपालिकाका ४ जना, अछामको मेल्लेख र चौरपाटी गाउपालीकामा १/१ जना, बझाङको बुङ्गल नगरपालिकाका १ जना र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत एक जना प्रहरीमा पनि सक्रमण देखिएको इन्चार्ज भुसालले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।