२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

सुदूरपश्चिममा साढे ६३ हजारको कोरोना परीक्षण, १० प्रतिशतमा संक्रमण पुष्टि

धनगढी– सुदूरपश्चिम प्रदेशमा साढे ६३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ६३ हजार ६ सय ८३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

धनगढी प्रयोगशाला मार्फत ३३ हजार दुई सय १०, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत १२ हजार सात सय ८७ र डोटी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत एक हजार एक सय ८४ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ६५ हजार दुई सय ४१ जनाको स्वाब संकलन गरिएकोमा एक हजार पाँच सय ५८ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरीएका झण्डै १० प्रतिशत अर्थात ६ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार ६ सय ४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा नौँ सय ९४, अछाममा नौँ सय १६, कञ्चनपुरमा ६ सय ८४ र बाजुरामा ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै बझाङका चार सय ३५, बैतडीका तीन सय ६७, डडेल्धुराका तीन सय ३२ र दार्चुलाका ५५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ५ हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।