२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कविता:”झ्यालका पर्दाहरु “

ती झ्यालका पर्दाहरु कसैले नखोलिदिनु ,
किनकि ,
उज्यालो भित्र आउन सक्छ ,
मलाइ अँध्यारोमै बस्न मन पर्छ
ए सुन ,
त्यो कोठाको ढोका पनि कसैले नढकढक्याउ ,
मलाइ एकान्तमा बस्ने बानी परिसक्यो ।
यो घामलाई पनि भन्नु छ
मेरो कोठा भित्र किरणहरु नपठाइदिनु ,
मलाई त अध्याँरो मन पर्छ ए जुन सक्छौ भने ,
तिमी पनि नउदाइदिनु
तिम्रो सुनसान रातमा मलाइ रमाउन देउ ।
मैले यहि बिस्तारासङ्ग हो
आफ्नो गुनासो बिसाउने
मैले यहि सिरानीसङ्ग हो
आँसुको पौडी खेल्ने ,
बस ,
यो बिस्तारा बिरानो नभइदियोस
सिरानी धेरै नरुझिदियोस ।
सुनन ,ए
भित्ताहरु तिम्रा पनि कान हुन्छन
भने म बिरहको गीत सुनाउछु ,
तिमी सुन्दै गर ,।
यो बन्द कोठाभित्र मलाई तिमीले साहारा दिए पुग्छ ,
मैले यो झ्यालबाट बाहिर किन हेर्नू पर्यो
र , मलाई ,
खुल्ला आकासको त्यो पन्छी बन्नु छैन ,
मलाइ त बस तिम्रो अँध्यारो कोठा नै प्यारो छ ,
खै किन हो किन ।
ती झ्यालका पर्दाहरु कसैले नखोलिदेउ ,
यदि पर्दा खोलेउ भने मेरो ध्यान त्यही जान्छ
यहि झ्यालबाट त हो नि उसको गाउँ देखिने ,
ती पर्दाहरु खोल्दै नखोल हावा भित्र पस्न सक्छ
र कुनै खबर ल्याउनेछ ,
जो म सुन्न सक्दिन ,
मलाइ बन्द कोठामै बस्न देउ ।
                                                             हरिश चन्द “बब्लु”
                                                                महेन्द्रनगर
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।