२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

चलचित्र मेटामोर्फिक मेनिफेस्टोमा आयुष्मानको तेश्रो लिङ्गीको भुमिका

नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिए । उनले, एक सिरिजका लागि आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । तर, यो गेटअप अन्य चलचित्रमा परिवर्तन गरे जस्तो साधारण खालको भने छैन ।

आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी तेश्रो लिङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि न्यूड दृश्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

आयुष्मान लेख्छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो ।

जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’आयुष्मानले यो श्रृङ्खला आफ्ना लागि विशेष भएको पनि उल्लेख गरेका छन् ।

उनले यो श्रृङ्खलालाई आफूले कहिले पनि कामको रुपमा नलिएको पनि उल्लेख गरेका छन् । यो पुरुष वा महिलाको नभएर, एक मानिसको संघर्षको कथा भएको आयुष्मानले उल्लेख गरेका छन् ।

आयुष्मान लेख्छन्–‘यो एक मानिसले आफूमा आफूलाई खोज्ने प्रयासको कथा हो, जुन उसको अधिकार भित्र पर्दछ ।’ यो सिरिजमा नायक आशिरमान देशराज जोशीलाई पनि देख्न सकिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।