२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बझाङमा थप एक साता निषेधाज्ञा

बझाङ-  जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी एक साता निषेधाज्ञा थप गरेको छ । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको समितिले जनाएको छ ।

भदौ १७ गते राति १२ बजेबाट लागू हुने गरी भदौ २५ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कमलराज रेग्मीले बताए ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गरिने रेग्मीले बताए । उनले बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु खुला गर्न दिइने बताए ।

बझाङमा मंगलबार र बुधबार गरी ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।