२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

आफ्नै शरिरमा आगो लगाएर घाइते डडेल्धुराका एक जनाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको मृत्यु भएको छ । आफैंले आफ्नो शरिरमा आगो लगाएर घाइते भएका परशुराम नगरपालिका–११ सलेताका ४५ वर्षीय जयानन्द भट्टको उपचारका क्रममा मृत्य भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनकबहादुर मल्लका अनुसार उनले भदौ १३ गते आफ्नो शरिरमा आगो लगाएका थिए।

उनमा मानसिक समस्या रहेको बुझिएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए। उनको जोगबुडा अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको उनले बताए। उनका अनुसार आगोले उनको ढाड पोलिएको थियो।

आमाको किरिया बसिरहेका उनी बीचमै किरिया छोडेर आफ्नो शरिरमा आगो लगाएको बुझिएको मल्लले जानकारी दिए।

‘उहाँ ९भट्ट० को आमाको ११ गते निधन भएको रहेछ। उहाँसहित तीन दाजुभाइ किरिया पुत्र बस्नु बसेको र बीचमै किरिया छोडेर आफैले लगाएको कपडामा आगो लगाएर घाइते हुनुभएको थियो।’ उनले भने,‘अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान निधन भयो।’ घटनाबारे थप अनुसन्धना भइरहेको समेत उनले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।