२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सुप विश्वविद्यालयका सबै विभागका परीक्षा ११ असोजबाट ।

महेन्द्रनगर – सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका ७ वटै विभागले मंगलबार सूचना जारी गर्दै असोज ११ गतेकाट परीक्षा हुने जनाएको छन् । शैक्षिकसत्र खेर जान नदिनका ७ वटै विभागले स्नातकका पहिलो, तेस्रो, पाचौँ र सातौँ सेमेस्टरको परीक्षा असोजभित्र हुने भएको हो ।

सूचनामा विद्यार्थीको नाम, हालको ठेगााना, ईमेल र फोन नम्बर मिति २१ भदौसम्म उपलब्ध गराउन भनिएको छ । 

त्यस्तै पाचौँ र सातौँ सेमेस्टरका विद्यार्थीहरुले परीक्षा फाराम अनलाइनबाटै मिति २६ भदौसम्म भरिसक्नु पर्ने र आफै उपस्थित हुन नसक्ने विद्यार्थीहरुले विभागमा सम्पर्क राख्नुपर्ने छ ।

स्नातक अध्यनरत विद्यार्थीहरुका लागी परीक्षा समय ५ घण्टा तोकिएको छ । निर्धारित समयभित्र विद्यार्थीहरुले उत्तरपुस्तिका स्क्यान गरी ईमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठा सक्नु पर्ने छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्टले शैक्षिकसत्र खेर जान नदिन पठनपाठन अनलाईनबाटै अगाडि बढाउन र परीक्षा समेत अनलाईन माध्यमबाट गराउने तयारीको भई सकेको बताएका छन् ।

नेटवर्क समस्या भएका विद्यार्थीहरुले विश्वविद्यालयले विभिन्न आंगिक क्याम्पसमा व्यवस्थित गरेको सूचना प्रविधि (आईसिटी) सेन्टरमा गएर परीक्षा दिन पाउने छन् । आईसीटीमा पहुँच नभएका जिल्ला र पालिकामा बसिरहेका विद्यार्थीले आफ्नो पालिकामार्फत् परीक्षा दिने व्यवस्था मिलाइएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परिक्षा नियन्त्रण कार्यालय प्रमुख देवसिह नाथले जानाकारी दिए ।

अनलाईन परीक्षाका लागि विश्वविद्यालयले सिकाई व्यवस्थापन प्रणाली नामक सफ्टवयर समेत निर्माण गरिसकेको परीक्षा नियन्त्रण कार्यालय प्रमुख नाथले बताए । सफ्टवयरमार्फत परीक्षार्थीलाई व्यक्तिगत ईमेलमा प्रश्नपत्र पठाईने छ । परीक्षार्थीले तोकिएको समयभित्र उत्तरपुस्तिका स्क्यान गरी ईमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनु पर्ने व्यवस्था मिलाईएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।