२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

चीनसँगको झडपमा भारतीय सैनिकका मेजरको मृत्यु

काठमाडौं । भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।

द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए ।

पछिल्लो समय चीन र भारतीय सीमामा तनाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता तनाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई झडप भएका हुन् । यो झडप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दोष दिँदै आएका छन् ।

दुवै पक्षले आधिकारिक रुपमा यो झडपमा भएको हताहतीको विषयमा कुनै जानकारी दिएका छैनन् । तर, निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झडपको क्रममा मृत्यु भएको बताएकी छन् ।

पछिल्लो समय तनाव बढेसँगै दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक खटाएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।