पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले बताए।



पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रउ गिरीले बताए। सोमैकी तीन वर्षीया छोरी करिष्मा पहिराले च्यापेर घाइते भएकी छन्। उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ।
Views: 153

























