२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

विश्व खाद्य कार्यक्रमले कैलालीका बाढीपीडितहरूलाई राहत स्वरुप नगद रूपैयाँ वितरण शुरू

कैलाली- कैलालीका तीनओटा स्थानीय तहका बाढीपीडितहरूलाई विश्व खाद्य कार्यक्रमले  राहत स्वरुप नगद रूपैयाँ वितरण शुरू गरेको छ ।

भजनी का ९२१ , टीकापुरका २७१ र जानकी गाउँपालिकाका १२३ गरी एक हजार ३१५ जनालाई ९ हजार रूपैयाँका दरले रकम वितरण गरिएको विश्‍व खाद्य कार्यक्रमका सुदूरपश्चिम प्रदेश प्रमुख रविन्द्र चन्दले बताए।

गत १४ साउनमा आएको बाढीका कारण पूर्ण रूपमा घर क्षति भएका, घरमा राखेको खाद्यान्न नष्ट भएका र खेतमा लगाएको अन्नबाली कामै नलाग्ने गरी नोक्सान भएकाहरूलाई राहत दिइएको हो। 

पहिलोपटक जानकी गाउँपालिका र टिकापुर नगरपालिकाका बाढीपीडितलाई रकम वितरण गरिएको छ। १८ भदौदेखि भजनी नगरपालिकामा वितरण गरिनेछ। 

स्थानीय पालिकाको तथ्यांक र विश्‍व खाद्य कार्यक्रमका कर्मचारीले छनौट गरेको नाामावलीको आधारमा आईएमईबाट रकम पाउने व्यवस्था मिलाइएको हो। 

टीकापुर नगरपालिका एकताबस्तीकी मनिसरा लुहारले राहत पाएकोमा खुशी लागेको बताइन्। सोही ठाउँकी लक्षि दमाईले पनि राहतमा आएको रकमले बाढीले क्षति पुर्‍याएको घर मर्मत गर्ने बताइन्। 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।