२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

मुटु रोगबाट छुटकारा पाउन आजैबाट सुधार्नुपर्ने १० बानी व्यवहार

मुटु मानव शरीरको सबैभन्दा महत्वपुर्ण अंग मध्ये एक हो । यस अंगले शरीरमा रक्तनली मार्फत शरीरको रगत पम्प गर्दछ ।त्यसैले मुटु शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ । यो बिना जीवन सम्भव हुदैन ।

तर आजकल गरिने कतिपय खराब जीवनशैली र खानपानका कारण मुटुमा विभिन्न समस्या देखा पर्दछन् । तसर्थ मुटु स्वस्थ राख्न केही खराब बानी छाड्नु पर्ने हुन्छ ।

१. अत्यधिक नुन वा चिनीले मुटुमा असर पार्ने भएकाले चर्काे खाने बानी त्याग्नु पर्दछ ।
२. धुम्रपानले रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्दछ त्यसैले यो बानी छाड्नु पर्दछ ।
३. धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्दछ ।
४. धेरै तनाव लिँदा रक्तचाप बढ्ने र मुटुमा दबाब पर्छ र मुटुरोग लाग्ने संभावना हुन्छ ।
५. शारीरिक परीश्रमको काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ ।
६. व्यायामको अभावमा शरीरमा राम्ररी रगत बग्न पाउँदैन र मुटुमा समस्या देखिन्छ ।
७. धेरै खाने बानीले रक्तनलीमा बोसो जम्दछ । यसले उच्च रक्तचापको जोखिम हुन्छ ।
८. अबेर रातीसम्म नसुत्ने, निन्द्रा अधुरो हुदा पनि रक्तचाप र मुटुमा समस्या हुन्छ ।
९. दाँत र गिजाको समस्याले पनि मानिसमा मुटुरोग बढाउने गर्दछ ।
१०. निद्रामा घुर्ने मानिसमा पनि मुटुको समस्या हुने गर्दछ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।