कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा दस दिन विधुत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले सूचना प्रकाशित गरी भोलि भदौ १८ गतेदेखि आगामी भदौ २८ सम्म दैनिक सात घण्टा विधुत सेवा अवरुद्ध हुने जानकारी गराएको छ ।



बेलौरी सब-स्टेशनले पुनर्वासमा उपलब्ध गराउँदै आएको फिडरमा भोल्टेज सुधार गर्ने उद्देश्यले पुनर्वासको अंशुवर्मा बस्तीदेखी परासनसम्म कण्डक्टर अपग्रेड गर्ने कार्य सुरु हुने हुदाँ विहान १०:०० बजेदेखि दिउँसो ५:०० बजेसम्म विधुत सेवा अवरुद्ध हुने भएको हो ।यदी समय अगाबै मर्मत कार्य सम्पन्न भए तत्काल विधुत सेवा सुचारु हुने समेत जनाएको छ ।

Views: 164


















