नेपालको मध्यपश्चिम र सुदूरपश्चिम का छेत्रका कतिपय ठाउँमा रजस्वला को समय मा महिलाहरुले घर छाडेर अलग्गै छाउगोठ बस्नुपर्ने चलन रहेको छ।
त्यसरि छाउपडि का रुपमा बसिरहेका बेला विभिन्न कारणले महिलाहरुले ज्यान गुमाएका थुप्रै पाइन्छ। महिनावारीको समयमा मन्दिर वा भान्सा कोठामा पनि जान नदिने आफु सुतिरहेको ओछ्यानमा समेत सुत्न नदिने र कुनै पनि मानिसलाई छुन हुन्न भन्ने छाउपडि परम्परा कहिसम्म सरकार कतिपय महिलाले घर बाहिर अथवा छाउपडि गोठमा सुत्नुपर्दा बलत्कार हुनु पर्ने जङ्गली जनावर को आक्रमण बाट आफ्नो ज्यान नै गुमाउनु पर्ने कहिले सम्म सरकार?
हामि महिला हरुले घर बाहिर बस्नु मात्र परेको नभइ आफ्नो घरको कुनै पनि भाग र आगनमा समेत पाँच दिनसम्म जान नपाइने चलन रहेको छ त्यसैले हामीले छाउपडि पर्थाको छिटो भन्दा छिटो अन्त्य गर्नुपर्छ धन्यवाद।
लेखक..तुलसि थापा
हाल मुम्बई बाट





















